मुख्यमन्त्री राईसहित नव नियुक्त मन्त्रीको सपथ ग्रहण सम्पन्न

विराटनगर । एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गर्नुभएको छ ।

उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले केहिबेर अघि मात्र सपथग्रहण गराउनुभएको हो । लगत्तै नव नियुक्त मन्त्रीहरुले पनि सपथ ग्रहण गर्नुभएको छ ।

आर्थिक मामिलामन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका उपनेता हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्री जनता समाजवादी पार्टीका नेता जयराम यादवले सपथ ग्रहण गर्नुभएको छ भने सामाजिक विकास राज्यमन्त्रीमा विष्णुमाया तुम्बाहाम्फेले सपथ ग्रहण गर्नुभएको छ ।

Back to top button