नेकपा एमालेको चियापानमा विराटनगरका सवै कार्यकर्तालाई उपस्थित हुन महानगर कमिटीको निर्देशन

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले १९ वटै वार्डका नेता कार्यकर्तालाई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन निर्देशन गरेको छ । १९ वटै वार्डका पदाधिकारीसहित बसेको महानगर कमिटी पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा एमाले मोरङको आयोजना र विराटनगर महानगर कमिटीको ब्यवस्थापनमा हुने कार्यक्रमका लागि आवश्यकता अनुशार स्वयंसेवक समेत तयार राख्न निर्देशन गरेको छ ।

यस्तै भोलि बिहान ८ बजे पार्टी कार्यालयको सरसफाई गर्ने निर्णय गरेको छ । एमालेका पार्टी अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा कार्त्तिक २२ गते पार्टी कार्यालय पान्चालीमा हुने कार्यक्रमको लागी आवश्यकता अनुशार सबै भूमिका महानगर कमिटीले निर्वाह गर्ने अध्यक्ष सागर थापाले बताउनुभयो ।

उँहाका अनुशार बिहान ११ बजेदेखी शुरू हुने कार्यक्रममा २ बजेसम्म पार्टीका नेता कार्यकर्तासँग र ३ देखि ५ बजेसम्म शुभेच्छुक, राजनितिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योगी ब्यवसायीलगायत सबै क्षेत्रका ब्यक्तिहरूसँग शुभकामना आदानप्रदान गरिने तय भएको छ । हरेक वर्ष तिहार अघि गर्दै आएको चियापान कार्यक्रम एमाले मोरङले यस वर्ष तराईबासीको महत्वपूर्ण पर्व छठको पूर्वसन्ध्यामा गर्ने निर्णय गरेको छ ।

Back to top button