कैदिबन्दीको आन्दोलनले गुन्डा नाइके गिरीलाई पठाइयो सप्तरी कारागार

विराटनगर । सरकारले मोरङ कारागार सथानान्तरण गरेर ल्याएएका अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई कैदिबन्दीको आन्दोलनपछि सप्तरी कारागरा पठाइएको छ ।

काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी गिरीलाई मंगलबार बिहान विराटनगर कारागारमा ल्याइएको थियो । यसअघि मोरङ कारागारमा चौकिदारसमेत रहेका गिरीले कैदीबन्दीलाई कुटपिट गर्दै यातना दिएको घट्ना बाहिरिएपछि गिरीलाई साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार स्थानान्तरण गरेको थियो । गिरीले पुनः दुःख दिने डरले कैदीबन्दीले आन्दोलनमा उत्रेको बताउनुभयो ।

तर आन्दोलनको भित्रि कारण भने फरक छ । ९७२ कैदीबन्दी भएको मोरङ कारागारभित्र चौकिदार र नाइकेले गर्दै आएको आमदानी र त्यसमा कारागार प्रशासनले पाउने हिस्सा नै आनेलनको प्रमुख कारण भएको एक कैदीले बताउनुभयो । अहिलेका चौकिदार किरण गुरुङले कारागारभित्र गरेको आमदानी कारागार प्रशासनलाई पनि बा“ड्ने गरेको तर गिरी चौकिदार हु“दा आमदानी एकलै खाने गरेकोले कारागार प्रशासनको उक्साहटमा आन्दोलन भइरहेको कैदीबन्दीको भनाई छ ।

कांग्रेस निकट रहेका गिरीलाई गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मोरङ कारागार ल्याइएको हो ।

मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले मंगलबार बिहान ५ बजे काठमाडौंबाट गिरीलाई मोरङ कारागार ल्याएदेखि कैदीबन्दी आन्दोलित भएको बताउनुभयो । उहाँले अहिले गिरीलाई कारागारको प्रांगनमा शुरक्षा घेराभित्र दिउँसो ३ बजेसम्म राखिएको बताउनुभयो ।

गिरीलाई कारागारभित्र पठाउने वातावरण नभएकोले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र कारागार विभागसँग समन्वय गरेर सुरुमा झापा कारागार पठाउन खोजेको तर त्यहाँ लिन नमानेपछि सप्तरी कारागार पठाइएको उहाँले बताउनुभयो ।

Back to top button