वन विनास रोक्न नेपालसहित सयभन्दा बढी देशको प्रतिवद्धता

विराटनगर । जलवायु सम्मेलन कोप–२६ मा सहभागी नेपालसहित विश्वका सयभन्दा बढी देशका नेताहरूले सन् २०३० सम्ममा वन विनाश रोक्न लक्ष्य लिएका छन् । स्कटल्यान्डको ग्लास्गोमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलनमा सबै देशहरुले सहमति गरेका हुन् ।

वन विनास रोक्न सहमति कार्यान्वयनमा ल्याउन लाग्ने १९ दशमलव २ अर्ब डलर सार्वजनिक तथा निजी कोषबाट व्यहोरिने सहमतिसमेत गरेको अन्तर्राष्ट्रि समाचार संस्थाहरुले जनाएको छ । पछिल्लो समय ब्राजिलको अमेजन वन विनास भइरहेकोले ब्राजिलले पनि वन विनास रोक्न सहमति जनाएको समाचार संस्थाहरुले जनाएको हो ।

Back to top button