सर्वोच्च अदालत परिसरमा वकिलहरूको आज पनि प्रदर्शन

काठमाडौं । प्राधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । सर्वोच्च अदालत परिसरमा वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो आज पनि प्रदर्शन तथा धर्ना दिरहनुभएको छ ।

पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । यद्यपी आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्नुहुन्छ, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नाअएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’

अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्दै उहाँले यी विषयमा छलफल गरेर सार्वजनिक गरिने बताउनुभयो ।

Back to top button