जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै एक जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा आज बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका–७ का ३५ वर्षीय चंखलाल बिक, वडानम्बर–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभएको छ ।

त्यस्तै नलगाड नगरपालिका–८ को १७ वर्षीय विनोद परियार घाइते हुनुभएको छ । उहाँ सह–चालक रहेको प्रहरीले बताएको छ ।

घाइते परियारको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताउनुभयो। ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।

Back to top button