![](https://koshisandesh.com/wp-content/uploads/2021/11/jilla-prashasan-karyalaya.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/11/jilla-prashasan-karyalaya.jpg)
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ९ बजेसम्म मात्रै तिहारमा देउसी भैलो खेल्न समयसीमा तोकेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनले निर्णय गरेको हो ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्नगराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने काठमाडौं प्रशासनले चेतावनी दिएको छ । यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वमको समयमासार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ।