आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दै

काठमाडौं । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दैछन् ।अबुधाबीमा राति ७ः४५ मा हुने यस खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा भारत रहेको छ ।

सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता रहेको छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुनेछ ।

अफगानिस्तान समूह बीको दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानले तीन खेलमा दुई खेल जितेको छ ।अफगानिस्तानसँगै भारतले नामिबिया र स्कटल्याण्डलाई समेत ठुलो अन्तरले हराउन समेत सम्भावना बलियो हुनेछ ।

आजै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् । सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण छ ।

Back to top button