महाधिवेशनमा विद्युतीय उपकरण प्रयोग गर्ने एमालेको तयारी

काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरणमार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ। मतदानका लागि १०० वटा विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ।

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरणमार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुशार मतदानपछि प्रिन्ट गर्‍यो भने नतिजा आउन तीन घण्टा लाग्ने र क्यूआर कोडबाट गरियो भने अझ त्योभन्दा अघिनै नतिजा आउने छ । एमाले केन्द्रीय समिति २२५ सदस्यीय छ। यसमध्ये १५ पदाधिकारी छन्।

पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ। महाधिवेशनमा अहिलेसम्मको अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ।

महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ। महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ। महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ।

Back to top button