बालुवा बोकेको ट्याक्टरबाट लडेर सिरहामा एक बालकको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका– ८ मैनावतीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । स १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर गोलबजार– ४ का ११ वर्षीय निशान्त सदायको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकालाई अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक कारवाही अघि बढेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button