थप १६ लाख डोज भेरोसेल खोप चिनद्धारा नेपाललाई हस्तान्तरण

काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्ने समेत राजदूत यान्छीले बताउनुभएको छ । उक्त खोप भने डिसेम्बर ५ मा काठमाडौंमा आइपुग्ने भएको छ ।

चीनले अहिलेसम्म नेपाललाई ३४ लाख डोज खोप अनुदानमा दिएको छ । नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ ।

जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभएको छ ।

Back to top button