एमालेले भने जस्तो अर्ली इलेक्सन सम्भव छैन : थापा

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अर्ली इलेक्सन अहिले सम्भव नभएको बताउनु भएको छ ।

नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समय अगाडि नहुने दावि गर्नु भयो ।

एमालेले भने जस्तो अर्ली इलेक्सन अहिलेनै सम्भव नभएको समेत उहाँले बताउनु भयो ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट लखेट्ने उहाँको भनाइ रहेको छ ।

Back to top button