प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजिनामा

विराटनगर । प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायधिवक्ता चुडामणी आचार्यले राजिनामा दिएका छन् । आचार्यले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत प्रदेश प्रमुखलाई राजिनामा पत्र बुझाएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्त नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ती जारी गरी मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम मिति बुधबारदेखि लागू हुने गरी राजिनामा दिएको जनाएको छ ।

तत्कालिन मुख्यमन्त्री शेरधन राईले एमाले निकट बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । सरकार परिवर्तन भएर अर्को दलको नेतृत्व आइसकेकोले पदमा बसिरहन नैतिकताले नमिल्ने भएकोले राजिनामा दिएको आचार्यले बताउनुभयो ।

Back to top button