ड्युटी सकेर घर फर्किंदै गरेका सशस्त्रका हवल्दारको दुर्घटनामा परेर मृत्यु

दाङ ।ड्युटी सकेर घर फर्किंदै गरेका सशस्त्र प्रहरीका एक जना हवल्दारको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बन्गैका ३५ वर्षीय कैशाल भण्डारीको दुर्घटनामा परेर गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

भण्डारी सशस्त्र प्रहरी वेश तुलसीपुरमा कार्यरत हुनुहुन्थो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर १० चैलाहीका ३६ वर्षीय लीलाधर खड्का भने घाइते हुनु भएको छ ।

उहाँको अवस्था सामान्य छ। मोटरसाइकलमा सवार अर्का एक जना भने उपचारपछि घर फर्किसकेका छन्।तुलसीपुर बजारबाट बन्गैस्थित गाउँ जाँदै गरेको रा ४ प ६०५८ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए।

Back to top button