नेपाल सम्वतको अवसरमा प्रधानमन्त्रीद्धारा जनताको प्रगतिको कामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्वतको अवसर पारेर सम्पूर्ण नेपालीहरुको शान्ति, उन्नति र प्रगतिको कामना गर्नुभएको छ ।

उहाँले  नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको मानव सेवाप्रतिको भावनालाई सम्मान गर्दै उहाँको योगदानको कदर गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

नेपाल संवत ११४२ को अवसर पारेर आज काठमाडौंको बसन्तपुरमा आयोजित सांस्कृतिक र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको गरिवी निर्मूल गर्ने अभियानको थालनी गर्ने राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाली माटोमा जन्मेको नेपाल सम्वत नेपालको राष्ट्रिय सम्मत भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रपतिदेखि आम नागरिक सबैले व्यवहारिक रुपमै स्विकार गर्दै गएको चर्चा गर्नुभयो ।

उहाँले काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको उच्च मूल्यांकन गर्दै उहाँको नाममा पार्क समेत निर्माण गरेको स्मरण गराउनुभयो ।

सांस्कृतिक र्‍यालीमा नेपाल संवतको महत्व उल्लेख गरिएका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो।

Back to top button