पिट्सबर्ग च्यालेन्ज कप फुटबलमा बेलबारी बन्यो च्याम्पियन

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा सम्पन्न पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी बेलबारी फुटबल क्लबले जितेको छ । फाईनल खेलमा दमक फुटबल एकेडेमीलाई सडन डेथमा बेलबारीले पराजित गरेको हो ।

विजेता बेलबारीले नगद १ लाख १ हजार रुपैयाँ , ट्रफी प्राप्त गर्यो भने उपविजेता बनेको दमकले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछी टाई–ब्रेकरमा गएको खेलले समेत निर्णय नभएपछि सडन–डेथबाट खेलको निर्णय भएको हो ।

सडन डेथमा दमकका राजन धिमाल गोल गर्न चुकेपछी उपविजेतामा सिमित बन्न पुग्यो । थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका थिए ।

Back to top button