दक्षिण अफ्रिका र अस्ट्रेलियाको एउटै उद्देश्य : आजको खेलमा उत्कृष्ट प्रदर्शन

काठमाडौं । युएईमा जारी टी–२० विश्वकपमा ज दक्षिण अफ्रिका र अस्ट्रेलिया आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्दै छन्। समूह चरणको अन्तिम खेलमा दुवैका लागि आज निर्णायक दिन रहेको छ।

समूह १ अन्तर्गत अन्तिम चरणको खेलमा अस्ट्रेलियाले वेस्टइन्डिज तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन्। आबुधाविमा हुने पहिलो खेल ३ :४५ मा अस्ट्रेलिया र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदै छ। जहाँ अस्ट्रेलिया फराकिलो जितसहित सेमिफाइलन पुग्न चाहन्छ।

त्यस्तै आज नै हुने दोस्रो खेल ७ :४५ मा हुने भिडन्तमा दक्षिण अफ्रिका पनि इंग्लयान्डलाई फराकिलो अन्तरले नै हराउन चाहन्छ। किनकि‚ दुवैका लागि सेमिफाइनलको ढोक्का खुला छ।

समूहमा चार खेलको समाप्तिमा इंग्ल्यान्ड अपराजित रहँदै आठ अंकका साथमा सेमिफाइनलमा स्थान बनाउन सफल भइसकेको छ। अर्को एक टिमका लागि दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच तीव्र प्रतिस्पर्धा छ।

अस्ट्रेलिया तीन जितसहित ६ अंक बनाएर दोस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका पनि समान खेल र अंकबाट रनरेटमा केही पछि रहँदै तेस्रो स्थानमा छ। त्यसैले आजको खेलमा दुबै टीम उच्च लय कायम राख्दै सेमिफाइनल पुग्न चाहन्छन्।

समूहमा श्रीलंका, वेस्टइन्डिज र बंगलादेश यसअघिनै बाहिरिसकेकाछन्। श्रीलंकाले पाँच खेलमा चार अंक बनाउँदा वेस्टइन्डिजको दुई अंक छ। बंगलादेशले शीर्ष १२ मा खाता खोल्न सकेन।

अन्तिम खेल अगाडिसम्म समूह १ बाट इंग्ल्यान्ड र समूह २ बाट पाकिस्तानको मात्रै सेमिफाइनल यात्रा पक्का भएको छ। अर्को टिमका लागि भने दुवै समूहमा रोचक प्रतिस्पर्धा छ।

Back to top button