शिर्ष नेताको तिहारको शुभकामना एकतामा जोड

काठमाडौं । नेपालीहरुको महान चाडका रुपमा रहेको तिहारको भाईटिकाको अवसरमा दलका मुख्य नेताहरुले शुभकामना सन्देश दिँदै एकतामा जोड दिनुभएको छ । फरक फरक दिइएको शुभकामनामा सवैको जोड एकतामा रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देश जारी गर्दै भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै देउसी–भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सदभाव र एकता कायम गर्ने उल्लेख गर्नुभएको छ । उहाँले चाडवाडका नाममा हुने गरेका नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक बताउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाउन आग्रह गर्नुभएको छ । उहाँले पनि सम्पूर्ण नेपालीमा शान्ती र समृद्धिको कामना गर्दै तिहारले एकताको भावना जागृत गराउने बताउनुभएको छ ।

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि शुभकामना सन्देश जारी गर्दै अह्मता दम्भले राम्रो नगर्ने भन्दै त्यस्ता व्यवहारलाई त्यागेर एकताबद्ध हुनलागि कामना गर्नुभएको छ ।

Back to top button