एमालेको दशौं महाधिवेशनको उद्घाटनमा ५ लाख मानिस सहभागी हुने

काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा नेकपा एमालेले ५ लाख मानिस सहभागी गराउने भएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले मंसिर १० गते नारायणी किनारामा हुने उद्घाटन कार्यक्रममा वागमती र आसपासका प्रदेशबाट मानिस जुटाउने गरी तयारी सुरु गरेको हो ।

एमालेको मुल व्यवस्थापन कमिटीका सह संयोजक सुरेन्द्र पाण्डेले वाग्मती प्रदेशबाट मात्रै साढे २ लाख मानिस सहभागी गराउने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ ।

उहाँका अनुशार पाण्डेले प्रदेश २ कमिटीले १ लाख, लुम्बिनीले ७५ हजार, गण्डकी प्रदेशले ५० हजार र प्रदेश १ बाट २५ हजार सहभागी गराउने निर्णय गरेको भएको छ ।

प्रत्येक प्रदेशले बैठकहरु गरेर निश्चित संख्यामा उद्घाटन कार्यक्रममा सहभागी गराउने संख्या निर्धारण गरेका छन् । बागमती प्रदेशले साढे २ लाख सहभागी गराउने गरी काम सुरु गरिसकेको छ । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

Back to top button