आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना

काठमाडौं ।आज प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । बिहान देशभर आंशिक बदली रहेको मासमी प्रणाली अनुसार दिउँसो तथा राति केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिनु भयो ।

केही दिनदेखि मौसम देशभर एकै खालको छ । प्रदेश १ र गण्डकी प्रदेका केही भागमा छिटपुट वर्षा र यी प्रदेशका थोरै हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।

Back to top button