नेकपा एस एमाले मोरङको चियापानमा सहभागि नहुने

विराटनगर । नेकपा एमाले मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एकिकृत समाजवादी नजाने भएको छ ।
पत्र पठाए पनि चियापान कार्यक्रममा सहभागि हुन नसक्ने नेकपा एस मोरङका प्रवक्ता वसिम आलमले बताउनु भयोे । हामी ठेगाना पनि नभएको अबैध गर्भवाट जन्मेको पार्टीलाई कसरी बोलाउनु भयो अचम्म मानिरहेका छौं उहाँले भन्नु भयो ‘चियापान कार्यक्रमको भने सफलताको शुभकामना छ ।’

नेकपा एकिकृत समाजवादीले विराटनगरमा गरेको चियापान कार्यक्रममा एमाले पनि सहभागि भएको थिएन । नेकपा एसका केन्द्रीय स्तरका नेतालाई भने एमाले मोरङले म्यासेज पठाएको छ । सहभागि भइदिन हुन भन्दै जिल्ला अध्यक्षको नम्बर वाट म्यासेज आएको उप सचिव महेश रेग्मीले बताउनु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Back to top button