कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, ३ घाइते

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।

जोशीपुर गाउँपालिका–५ मा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु र ३ जना घाइते भएको सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परेर लम्की चुहा नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको हो । मृत्कलाई गम्भिर घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएका छन् । लम्की चुहा नगरपालिका–७ का मोटरसाइकल चालक २५ वर्षीय अभिषेक चौधरी, २० वर्षका जीवन चौधरी र २४ वर्षीय प्रकाश चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

Back to top button