आज देशभरबाट थपिए ३ सय ९० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ सय ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार २६ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जना संक्रमित भेटिएका हुन् । यस्तै आज ५ जना संक्रमितको मृत्यु भएको छ।

आज ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ६ सय ५४ जना सक्रिय संक्रमित छन्। अहिले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।

Back to top button