वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

काठमाडौ वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ ।

वागमती प्रदेशसभामा पाण्डेले पेस गर्नु भएको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा कुल उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदान गर्नु भएको थियो ।

त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ । २ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गर्नु भएको छ। ५ जना सांसद भने अनुपस्थित रहनु भएको थियो ।

Back to top button