राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिए

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिनु भएको छ ।

थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा बासुदेव हुमागाईं रहनु भएको छ ।

खनाल अखिल नेपाल किसान संघका सचिव, यादव कानुनका विद्यार्थी तथा साह नापी विभागका पूर्व कर्मचारी हुनुहुन्छ । हुमागाईं मालपोतका पूर्व कर्मचारी हुनुहुन्छ ।

आयोगमा अब दुई सदस्यको मात्र कोटा खाली छ ।अध्यक्ष निरौलाले अब तीव्र गतिमा काम अघि बढाउने बताउनु भयो ।

Back to top button