सरकारलाई सहयोग गर्न गठबन्धनले बनायो पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति

काठमाडौँ । सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति बनाएको छ ।

गठबन्धन ५ दलबाट २/२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की ,माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सदस्य सदस्य रहनु भएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको जनाइएको छ ।

नेकपा एकीकृत समाजवादी, जसपाले भने १/१ जना सदस्यको नाम दिएका छैनन् ।दुई–दुई महिनामा संयोजक परिवर्तन हुने मन्त्री कार्कीले बताउनु भयो । यो संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनुहुने छ ।

तत्काल यो समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्ने जनाइएको छ ।

Back to top button