भारतको एक अस्पतालमा आगलागी,४ शिशुको मृत्यु

एजेन्सी,भारत । मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा सोमवार राति आगलागी भएको छ ।

कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा राति आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आगलागीमा परी ४ शिशुको मृत्यु भएको र केही शिशुहरूको उद्दार गरिएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।

आगो लागीको कारण हालसम्म पत्ता नलागेको बताइएको छ । एसएनसीयूमा कुल ४० जना शिशु भर्ना गरिएका थिए । जसमध्ये ३६ जनालाई अर्को वार्डमा सारिएको बताइएको छ ।

भारतमै केही दिनअघि अर्को अस्पतालमा पनि आगलागी भएको थियो

Back to top button