शिक्षक अस्पतालका लागि जग्गा खोज्न पाँच सदस्यीय समिति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकका लागि शिक्षक अस्पताल बनाउन उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयको सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको हो ।

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।

त्यसका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ ।

Back to top button