प्रधानन्यायाधीश जबराद्धारा तोकियो १० इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकनुभएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै २ हप्तादेखि इजलास बहिस्कार गर्दै आउनुभएका न्यायाधीशहरूले हिजो बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र हेर्नुभएको थियो।

त्यसैगरी इजलास बहिस्कार गर्नुभएका न्यायाधीशहरु आजदेखि नियमित काममा फर्किने अपेक्षासहित प्रधानन्यायाधीश जबराले विभिन्न मुद्दाको पेशी तोकनुभएको हो । ​

न्यायालयको सुधार र प्रधानन्यायाधीश जबराले राजनीतिक नियुक्तिमा भागबण्डा खोजेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले बेन्च बहिस्कार गर्दै आउँनुभएको छ ।

पूर्व प्रधानन्यायाधीशहरू, न्यायाधीश फोरम, नागरिक समाजले प्रधानन्यायाधीश जबराले न्यायालयलाई विकृत बनाएको भन्दै राजीनामा माग गरिरहनुभएको छ ।

प्रधानन्यायाधीश जबरा भने आफूले सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने अडानमा हुनुहुन्छ । नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ।

Back to top button