नेपालको विकास नचाहनेले एमसीसी बारे भ्रम छरे : डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको विकास नचाहनेले एमसीसी बारे भ्रम छरेको आरोप लगाउनुभएको छ । बिशेषगरि दुई छिमेकी मुलुक भारत र चीनले भ्रम छर्न भुमिका खेलेको इङ्गित गर्नुभयो ।

गोरखाका गाउँपालिका र नगरपालिकाबाट पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान थाल्नुभएका भट्टराईसँग स्थानीयले राखेको जिज्ञासामा नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताउनुभएको हो ।

यसमा भारत र चीन लागेको उहाँको आरोप थियो। उहाँले एमसीसीबारे शंका नगर्न आग्रह गर्दै एमसीसीको सहयोगमा देश विकास गर्नुपर्ने बताउनुभयो ।

एमसीसी पास हुँदा अमेरिकी सेना आउँछ र नेपाललाई खान्छ भन्ने भ्रम मात्र रहेको भन्दै त्यस्तो नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, पहिला हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन।

अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’ उहाँले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने दाबी गरे। आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमा अल्झँदा आफू दुखी भएको भन्दै मतदाताबाट सहानुभूति लिन खोज्नुभयो ।

Back to top button