सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट ६दशंमलव६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०दशंमलव३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको हिजोको बैठकले उक्त प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । त्यस्तै प्राइम बैंकले आफना शेयरधनीलाई १६दशंमलव६३ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ ।बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०दशंमलव६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीले बताउनुभयो ।

Back to top button