ब्यापार व्यवसायलाई सहज वातावरण बनाउन गृहमन्त्री सुरक्षा निकायलाई निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

जनकपुर उद्योग वाणिज्य संघको आज ज्ञापन पत्र बुझ्दै उहँले कारोनाले शिथिल भएको अर्थतन्त्रलाई उकास्न उद्योग व्यवसायका लागि सहज वातावरण बनाउनुपर्ने भन्दै सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाँणले उद्योग क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको आश्वासन समेत दिनुभएको छ । उहाँले मालसमान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

‘उद्योगी, व्यवसायीहरुको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ’ उहाँले भन्नुभयो,‘ स्थानीय प्रशासन, सुरक्षा निकायले उद्योग, व्यवसाय सञ्चालनमा सहयोग गर्नुपर्दछ।’

Back to top button