४८४ जना संक्रमणमुक्त हुँदा ५३३ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमणमुक्त हुँदा ५३३ जना संक्रमित थपिएका छन । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यहि अवधिमा ४८४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ जना रहेको छ । हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् ।

यसैगरी हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

Back to top button