सत्तारुढ गठबन्धनको समन्वय समितिमा श्रेष्ठलाई सदस्य पठाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सत्तारुढ गठबन्धनको समन्वय समितिमा नेता नारायणकाजी श्रेष्ठलाई सदस्य पठाउने निर्णय गरेको छ ।
समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सदस्य रहनु भएको छ ।

मंगलवारको स्थायी कमिटी बैठकले गठबन्धनको समन्वय समितिमा पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई पठाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

माओवादीले आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म तय गरेको छ ।

Back to top button