मङ्सिरको पहिलो साताबाट मतदाता नामावली सङ्कलन गरिँदै

विराटनगर । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ ।

मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ । सरकाले केहि दिन अघि मात्रै नामावाली संकलन गर्न आयोग सँग छलफल गरेको थियो । नामावलि संकलन गर्नका लागि प्राविधिक र बजेटको समेत तयारी भइरहेको आयोगले जनाएको छ । अर्थमन्त्रालय सँग बजेट मागिएको आयोगका पदाधिकारीहरु बताउछन् ।

स्थानीय तहहरुको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्ने तयारीमा आयोग जुटेको छ । प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन अर्थमन्त्रालयसँग ११ करोड बजेट माग गरेको जनाइएको छ ।

प्रत्येक प्राविधिकलाई दैनिक १ हजार ८ सयका दरले पारिश्रमिक दिइने आयोगले जनाएको छ ।

Back to top button