राजनीतिक संयन्त्र आवश्यक छैन:प्रकाशमान सिंह

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आवश्यक नभएको बताउनु भएको छ । सरकारलाई नियन्त्रण गर्ने खालका यस्ता संयन्त्र बनाउन जरूरी नै नरहेको कांग्रेस नेता सिंहको भनाइ रहेको छ ।

पाँचदलीय गठबन्धनबाट सरकारका प्रतिनिधिका रूपमा एक मन्त्री गरी ११ सदस्यीय समन्वय समिति गठन गरिएको थियो।

उक्त समितिको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रहनु भएको छ । दुई–दुई महिनामा उक्त समिति संयोजक परिवर्तन गर्ने सहमति गठबन्धनभित्र छ।

गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र आवश्यक नरहेको उहाँले बताउनु भएको हो ।

‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ उहाँले भन्नुभयो ।

Back to top button