विराटनगरका मेयर पराजुलीको दण्ड प्रणाम : कोरोनाबाट मुक्तिको कामना

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि यस वर्षपनि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गर्नुभएको छ ।

हिजो देखी उपासना (ब्रत) बस्नुभएका पराजुलीले यस बर्षको छठ पूजाका लागि दण्डप्राणाम यात्रा ( सुतेर गर्ने यात्रा) गर्नुभएको हो । सडकमा दण्ड प्रणाम गर्दै उहाँले यात्रा गरेको यो सँगै १८ पटक भएको छ ।

उहाँले ब्रत बसेको भने २० वर्ष भएको छ । विराटनगर– ३ ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमटिर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उहाँले बताउनुभयो ।

गत वर्ष ५ घण्टा लगाएर यात्रा गरेको मेयर पराजुलीले बताउनुभयो । पराजुलीसँगै भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गर्नुभएको छ । उहाँले पनि ६ बर्ष देखि निरन्तर काकासँगै दण्डप्रणाम यात्रा गर्दै आउनुभएको छ ।

कोरोना बाट संसारलाई मुक्ति गराउनका लागि यात्रा गरेको उहाँले बताउनुभयो । ‘लोक कल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ’, मेयर पराजुलीले भन्नुभयो, ‘यो पटक मेरो अन्तीम यात्रा हो ।’

Back to top button