भोलीदेखि जनगणना सुरुहुने ८० प्रश्न सोधिने

काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएसँगै भोलीदेखि जनगणना सुरु गर्दै कुल ८० प्रश्न सोधिने छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार भोलीदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् ।

एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने उहाँले जानकारी दिनुभएको छ । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् ।

उनीहरुलाइ दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो। यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

श्रेष्ठले जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै सबैलाई ढुक्क भएर भाग लिन आग्रह गर्नुभयो । जनगणनामा भाग लिनु कर्तव्यसमेत भएको भन्दै उहाँले कसैले पनि नाइ भन्न नपाउने बताउनुभयो ।

एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने उहाँको भनाई रहेको छ ।

Back to top button