पहिलो पटक औपचारीक कार्यक्रम राखेर प्रदेश प्रमुखको बिदाई

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई आज औपचारीक कार्यक्रमका बिच मुख्यमन्त्री राजेन्द्र राईले बिदाई गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमै आयोजित कार्यक्रममा उहाँले विदाई गर्दै नविन कार्यशैली प्रस्तुत गर्नुभएको छ ।

राजनितिक समिकरणका कारण फेरबदल गरिरहेका प्रदेश प्रमुखहरुलाई नयाँ बन्ने मुख्यमन्त्रीहरुले यसरी औपचारीक रुपमा बिदाई हुने प्रदेश प्रमुखको विदाई समारोह यसअघि भएको थिएन ।

यसअघिका प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङलाई पूर्व मुख्यमन्त्री शेरधन राइले क्वाटरमा गएर बिदाई गर्नुभएको थियो । बिदाई कार्यक्रममा प्रदेश प्रमुख प्यासीले आफ्नो कार्यकर्ता मुख्यमन्त्री भएको भन्दै खुसि ब्यक्त गर्नुभयो ।

उहाँले मुख्यमन्त्री राईलाई राजनिति समाप्त गर्ने गरी नभई जनता र प्रदेशको हितमा काम गर्न सुझाव दिनुभयो । युवाले नेतृत्व गरेको प्रदेश भन्ने गरी काम गर्न समेत मुख्यमन्त्रीलाई उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले आफ्नो अविभावक भएको भन्दै राजनितिक परिवर्तनमा धेरै संस्थाहरु बिबादित भए पनि प्रदेश प्रमुख प्यासि बिबादित नबनेको चर्चा गर्नुभयो । २२ गतेको मन्त्रीपरिषदको बैठकले प्यासिलाई हटाएर पर्शुराम खापुङलाई नियुक्त गरेको हो ।

Back to top button