कृत्रिम पोखरी बनाएर घरमै छठ

विराटनगर । खोला तथा तलाउमा हर्सोउल्लासका साथ भीडभाड गर्दै हरेक वर्ष छठ मनाइन्छ । आज  अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि उदाउदो सुर्यलाई दिइन्छ ।

तर मोरङको एक परिवारलेकृत्रिम पोखरी बनाएर छठ पर्व मनाएको छ ।ममता साबुको परिवारले घरमै कृत्रिम पोखरी बनाएर मनाएको हो । भीडभाडमा कोरोना बढ्ने भन्दै प्लाष्टिकको पोखरी बनाएर पूजा गरिएको ममता साबुले बताउनु भयो । साबुको परिवारका २५ जनाभन्दा बढीले कृत्रिम पोखरीमा छठ मनाएका छन् ।

भीडभाडमा जाँदा कोरोको संक्रमण बढ्ने भएपछि घरमै कृत्रिम पोखरी बनाएर छठको पूजा गरेको उहाँको भनाइ रहेको छ ।

Back to top button