प्रधानन्यायाधीश जबरा द्धारा तोकियो १७७ वटा मुद्दाको पेसी, अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरण बाहेकका

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १७७ मुद्दाको पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले तोक्नुभएको पेसीमा अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा रहेका छन् ।

न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिष्कार गर्दै आएका छन् । पछिल्लो समय दुई पक्षीय छलफलमा बन्दीप्रत्यक्षीकरणको मुद्दा भने हेर्न न्यायाधीशहरु सहमत भएका छन् । यद्यपी, आज इजलास गठन गर्ने बेला प्रधानन्यायाधीशले अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरणभन्दा बाहेकको रहनेगरी पेशी तोक्नुभएको हो।

प्रधानन्यायाधीशले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास र आफ्नै पूर्ण गरी ९ इजलास गठन गर्नुभएको छ ।

Back to top button