कारागारभित्र कैदीको शंकास्पद मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङभित्र गएराती एक कैदीको मृत्यु भएको छ । जवरजस्ती करणिमा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।

आज राति १ बजे पेट दुखेपछि उपचारका लागि कोसी अस्पताल ल्याउदै गर्दा वाटोमै मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिनुभयो । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको छ । उहाँले आफन्तलाई शब बुझनका लागि बोलाइएको बताउनुृभयो ।

आफन्तले शब पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत गफ नभएको पोखरेलले बताउनुभयो । थापाको अचानक मृत्यु भएपछि घटना रहस्यमय भएको छ मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरुको दुई समुहबीच झडप भएको थियो ।

कात्र्तिक मण्डल समुहको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरुलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन ।

थापाको कुटपिट बाट मुत्य भएको हुन सक्ने मृतकका भाई हरी थापाले जानकारी दिनुभयो । मृतक नारयणका नातामा काका पर्ने शकर थापाले भतिजाको हत्या रहस्यमय रहेको बताउनुभएको छ । विरामी भएको जनाकारी नगराई मरेको मात्रै सुचना दिनुले सक उत्पन्न भएको उहाँको भनाई छ ।

Back to top button