इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौं । इन्डोनेसियामा आज शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा भूकम्प गएको हो ।

त्यहाँको भूकम्प सम्बन्धी निकायले ६दशंमलब१ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्प ठूलो आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन ।

भूकम्पपछिको क्षतिको विवरण आइनसकेको उनीहरुको भनाई छ । स्थानीय समयानुसार आज बिहान ८ः ४५ बजेतिर भूकम्प गएको हो ।

Back to top button