पल र पूजाको ‘म यस्तो गीत गाउँछु २, माघ १९ मा

काठमाडौं । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २, यहि माग १९ गते देखि प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापाको निर्देशन रहेको यो चलचित्र कोरोनाका कारण पहिले तोकिएको मितिमा प्रदर्शनमा आउन सकेको थिएन ।

निर्देशक थापाले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्नुभएको छ । कुनै एउटा फिल्म मात्र नभएर सिंगो फिल्म उद्योग नै चलायमान हुनु अहिलेको आवश्यकता रहेको भन्दै ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा ल्याउन लागिएको उहाँले उल्लेख गर्नुभएको छ ।

निर्देशक थापा र अभिनेत्री पूजाले संयुक्त रूपमा निर्माण गरेको फिल्म यसअघि २०७६ फागुन ३० देखि प्रदर्शनमा ल्याउने तयारी भएको थियो । कोरोनाका कारण प्रदर्शन स्थगित गर्नुपरेको फिल्म झण्डै २ वर्षपछि प्रदर्शनमा आउन लागेको हो।

सुदर्शन थापाकै निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु’ लाई दर्शकले मन पराएका थिए । उक्त फिल्ममा पनि पल र पूजा मुख्य भूमिकामा देखिएका थिए।

Back to top button