ओलीलाई कसैले ठेगान लगाउनु पर्दैन, परिस्थितिले नै लगाइसक्यो :माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं ठेगान लागिसकेका बताएका बताउनु भएको छ ।
बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताउनु भएको हो ।
राष्ट्रियसभा चुनाव र रिक्त रहेका पदको चुनावमा एमालेलाई ‘क्लीन स्वीप’ पार्ने दाबी उहाँको रहेको छ । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लीन स्वीप’ पार्ने उहाँले बताउनु भयो ।
उहाँले प्रधानन्याधिश तथा न्यायधिशको राजिनामाको भने बचाउ गर्नु भएको छ । न्यायलयको बिषमा गठबन्धनले साझा धारण बनाउने उहाँले बताउनु भयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्र काम गर्नका लागि बनाएको उहाँको भनाइ रहेको छ । प्रतिपक्षी एमालेले संयन्त्रको विरोध गरिरहेको सन्दर्भमा उहाँले भन्नु भयो, ‘राम्रो नदेख्ने संस्कार भएकाले विरोध गरियो ।’ ५ वटै दलको साझा धारणा बनाउने उद्देश्यका साथ संयन्त्र बनेको उहाँले बताउनु भयो ।
एकीकृत समाजवादी पार्टीको लहर देखेर अरु शक्ति आत्तिएको उहाँले बताउनु भयो । विप्लव र वैद्यसँग वाम एकता गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनु भयो ।

Back to top button