वागमतीमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिमण्डल बिस्तार गर्नु भएको छ ।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जमरकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नु भएको हो ।। जमरकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

उहाँहरूले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ । ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले पहिलो चरणमा ४ जनाको मन्त्रिमण्डल बनाउनु भएको थियो ।

यसअघि नै सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्णलाल भँडेल नियुक्त भइसक्नु भएको छ ।

Back to top button