छनोट भएका युवालाई एक महिनाभित्र इजरायल पठाउने तयारी

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका युवा अबको एक महिनामा इजरायल पुुग्ने गरी प्रक्रिया अगाडि बढाएको छ।

विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका युवाको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो ।

विभागका निर्देशक एवं इजरायल रोजगारी संयोजक डम्बर सुनुुवारले एक/दुई दिनभित्रै प्रहरी प्रतिवेदन लिन र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको नामसहित सूचना आह्वान गर्ने तयारी भएको जानकारी दिनु भएको छ । दशैँ र तिहारका कारण इजरायलको प्रक्रिया केही सुस्त भए पनि अब भने धेरै ढिला नहुने उहाँले बताउनु भयो ।

निर्देशक सुनुवारका अनुसार इजरायल जाने श्रमिकका लागि विभागले क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्नेछ।

Back to top button