एमालेको पार्टी सदस्यता करिब आठ लाख

काठमाडौँ । नेकपा एमालेको पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् । एमालेको नवौँ महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य थिए । दसौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य बनाएको थियो ।

एमालेको दसौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । महाधिवेशनमा २०७७ चैत मसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन् । एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दै छ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

Back to top button