
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।
बैठक नयाँबानेश्वरस्थित अर्पण ब्याक्वेटमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने खतिवडाको भनाइ छ।
नेकपा एकीकृत समाजवादीले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।