
काठमाडौं । नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्न सर्वोच्च परिसरमा पुगेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधान न्यायाधीशको पक्षमा कानुन व्यवसायीको विरोध गर्दै प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस्तै पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र एकजना पुरुष रहेका छन् ।